अरुण तेस्रोकाे सुरुङ भत्किदा एक कामदारको ज्यान गयो, दुई जना घाइते

 माघ १७, २०७९ मंगलबार १७:६:५३ | नवीन गुरुङ
unn.prixa.net

अरुण तेस्रोको पावर हाउस । तस्बिर : नवीन गुरुङ/उज्यालो

सङ्खुवा – सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ भत्किदा एक जना कामदारको ज्यान गएको छ भने अरू दुई जना घाइते भएका छन् ।

पावर हाउसको सुरुङभित्र विस्फाेट गर्ने क्रममा सुरुङ भत्किँदा सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ५ का २२ वर्षीय सूर्य गोले तामाङको ज्यान गएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । घटनामा भोजपुर नगरपालिका ४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ र पाँचपोखरी ५ कै ३८ वर्षीय मंगोल तामाङ घाइते हुनुभएको छ ।

सुरुङभित्र विस्फाेट गर्ने क्रममा घाइते भएका तीनै जनालाई जिल्ला अस्पताल खाँदबारी लगिएकोमा सूर्य गोले तामाङको उपचारका क्रममा ज्यान गएको हो । घाइते दुई जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

चिचिला गाउँपालिका ३ पुखुवामा ९०० मेगावाटको अरुण तेस्रोको पावर हाउस रहेको छ भने मकालु गाउँपालिका ५ फ्याक्सिन्दा ड्यामसाइड रहेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया