आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
काठमाडाैं – नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा बिक्रीवितरण सुरु गर्ने भएको छ ।
नेपाल खाद्य संस्थान, बागमती अंचल कार्यालयले थापाथली कार्यालय परिसरबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा बिक्रीवितरणको काम सुरु गर्ने जानकारी गराएको हो ।
संस्थानका लागि बागमती अञ्चल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बिक्रीका लागि बिहीबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङग्रा काठमाडौं आईपुगेको जानकारी दिनुभयो । भोलिसम्म मुस्ताङबाट १ हजार वटा च्याङग्रा काठमाडौं ल्याउने योजना बनाइएको छ भने हेटौडाबाट ९ सय १० वटा खसी, बोका काठमाडौं ल्याउने संस्थानको योजना छ । शुक्रबार विहान ८ बजेदेखि बाट खसी, बोका र च्याङग्रा विक्री वितरण हुनेछ ।
बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ । संस्थानका बागमती अञ्चल कार्यालयका प्रमुख विष्टले बजारको भन्दा सस्तो मूल्यमा मासुको बिक्री वितरण हुने बताउनुभयो । बिहीबार बेलुकासम्म संस्थानले मासुको मूल्य निर्धारण हुने पनि स्पष्ट पारेको छ ।
संस्थानले हरेक वर्ष थापाथलीमा रहेको बागमती अञ्चल कार्यालय परिसरबाट दसैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा विक्री वितरण गर्ने गरेको छ । यस वर्ष बाटो अप्ठयारो भएका कारण मुस्ताङबाट च्याङग्रा ल्याउन कठिनाई भइरहेको पनि संस्थानले जनाएको छ ।