हेटौँडा–काठमाण्डौ छोटो दुरीको सडक निर्माणमा प्रदेश सरकारको चासो

 माघ २४, २०७९ मंगलबार १९:४४:१४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा काठमाण्डौ छोटो दुरीको सडक निर्माणमा प्रदेश सरकारले चासो देखाएको छ । यो सडक निर्माणमा प्रदेश सरकारले ठाउँ–ठाउँमा ठेक्का लगाएर काम भइरहेको छ । तर समयमा नै काम सक्ने अवस्था नरहेको र निर्माण व्यावसायीले काम नगरेको लगायतका समस्या भएपछि आज मङ्गलवार प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू र सरोकारवाला निकायका बीचमा छलफल भएको छ ।

प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाण्डौ उपत्यका प्रवेश गर्ने पहुँच मार्ग हेटौँडा–भीमफेदी–हुमाने–फर्पिङ सडकको विभिन्न ठाउँमा निर्माणको काम भइरहेको छ । यो सडक निर्माण गर्नका लागि निर्माण व्यासायीले काम नगर्ने र स्थानीयवासीले अवरोध गर्ने लगायतका समस्या भएपछि प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अग्रसरतामा छलफल गरिएको हो । 

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका कार्यालयले भैँसे–भीमफेदी खण्ड, हेवी कलङ्की–हुमाने खण्ड र हुमाने–फर्पिङ खण्डको सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको निर्माणको कामलाई गति दिई छिटो सम्पन्न गर्न मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सक्रियतामा छलफल गरेको हो । 

छलफलमा भैँसे–भीमफेदी र हुमाने–फर्पिङ खण्डको काम सम्पन्न गर्न र सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको काम द्रूत गतिमा सम्पन्न गर्ने निर्णय पनि भएको छ । दुवै सडक निर्माणलाई तीव्रता दिन फागुन १ गतेदेखि झन्डै दुई महिनासम्म यी सडक खण्डमा यातायात सेवा बन्द गर्ने निर्णय गरिएको छ । वैकल्पिक सडकको रूपमा कान्ति लोकपथ र थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी खण्डबाट यातायात सञ्चालन गर्ने र यी सबै कामको समन्वय भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने निर्णय भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया