डोटीकाे मल्याणी गाउँका १७ परिवार खोलाको पानी पिउँदै

 माघ २९, २०७९ आइतबार १२:२५:२९ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको बडीकेदार गाउँपालिका–१ मल्याणी गाउँका १७ घर परिवारले एक वर्षदेखि खोलाको पानी पिउँदै आएका छन् । 

२०७३ सालमा ग्रामीण विकास सेवा केन्द्र डोटीले अनुकूलन परियोजना अन्तर्गत निर्माण गरेकाे सोलारमुसको इन्भटर बिग्रिएपछि उनीहरुले ठूला खाेलाकाे पानी पिउनु परेकाे हाे । 

स्थानीयवासीको साझेदारीमा गाउँ नजिक रहेको खोलाबाट सोलार आयोजना निर्माण गर्दा केही समय गाउँमा खानेपानीकाे समस्या हटेकाे थियाे ।  त्यसअघि पनि उनीहरुले खाेलाकै पानी पिउने गरेका थिए । खानेपानी वितरणका लागि निर्माण गरिएका धारा, ट्याङ्की पनि जीर्ण बन्दै गएकाे छ।

एक वर्षदेखि खानेपानी खोलाबाट बोकेर खानुपर्ने बाध्यता रहेको स्थानीयवासी खडक बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी पहिले खोलाबाट  खानेपानी बोकेर खान्थ्यौँ खानेपानी आयोजना निर्माण हुँदा केही वर्ष सहज भयो फेरि त्यस्तै अवस्थामा पुग्यौँ । एक घण्टाको दूरीमा रहेको खोलाबाट पनी बोकेर खानु पर्ने बाध्यता छ ।’

अनुकूलन परियोजना अन्तर्गत २०७३ सालमा संस्थामार्फत् ९ लाख र ७ लाख रुपैयाँ बराबरकाे स्थानीयकाे श्रमदानबाट खानेपानी आयोजना सम्पन्न भएको थियो । अहिले इन्भटर बिग्रिँदा खानेपानीको हाहाकार भएको र खानेपानी पुनः निर्माणका लागि अहिलेसम्म कुनै तहबाट पहल नभएको स्थानीयकाे गुनासाे छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया