निर्मला पन्त हत्या प्रकरण : एआईजी धिरु बस्नेतको छानबिन समिति पहिलो पटक कञ्चनपुर पुग्यो

 असोज २६, २०७५ शुक्रबार १२:२२:४१ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – निर्मला पन्तको बलात्कार पछि भएको हत्याको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआइजी धिरु बस्नेत नेतृत्वको छानविन समिति पहिलो पटक कञ्चनपुर पुगेको छ । 

निर्मलाको घटनाको अनुसन्धानमा प्रहरीले प्रमाण नष्ट गर्न भूमिका खेलेको देखिएपछि प्रहरीमाथि नै अनुसन्धान तथा छानविन गरिरहेको एआईजी बस्नेत नेतृत्वको छानविन समिति पहिलो पटक शुक्रबार कञ्चनपुर पुगेको हो । 

स्थानीयले अनुसन्धानमा प्रहरीको भूमीका माथि नै शंका गरेपछि यो समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती, कमी कमजोरीको समेत छानविन थालेको छ । 

बस्नेत नेतृत्वको छानविन समितिले निर्मला पन्तको घटनामा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाएर यसअघि नै अनुसन्धान गरिसकेको छ ।

समितिले शुक्रबार घटनास्थल, पीडित परिवारसँग भेटघाट गर्ने र शनिबार जिल्लास्थित अन्य सरोकारवालासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । 

घटनाको छानविनका लागि नेपाल प्रहरीले गएको भदौ ३१ गते एआईजी बस्नेतको नेतृत्वमा चार सदस्य छानविन समिति गठन गरेको थियो । 

सरकारले कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सह–सचिव हरि मैनालीको नेतृत्वमासमेत पाँच सदस्य छानविन समिति गठन गरेको थियो । मैनाली नेतृत्वको छानविन समितिले असोज ९ गते गृहमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया