डोटीको बोगटानमा पहिलो पटक बस पुग्यो, चालक र सहचालकलाई फूलमालाले स्वागत

 फागुन ३, २०७९ बुधबार ८:२७:३३ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पहिलो पटक बस पुगेको छ । गाउँपालिकाको वडा नम्बर १ सिमचौरको छिडिखानमा से १ ख २१४९ नम्बरको सुदूरपश्चिम यातायातको बस पुगेको हो ।

वडा अध्यक्ष खेम घर्तिमगरका अनुसार कैलालीको धनगढीबाट छुटेको बस गएराति छिडिखान पुगेको हो । पहिलो पटक बस पुगेपछि दंग परेका स्थानियबासिन्दाले चालक र सहचालकलाई फूलमाला लगाएर स्वागत गरेका छन् । सहजपुर, बोगटान, दिपायल सडक खण्ड अन्तर्गत बागछेडादेखि छिडिखानसम्मको सडक सरसफाइ तथा मोड सुधार गरिएपछि परीक्षणका लागि पहिलो पटक सार्वजनिक बस छिडिखान पुर्‍याइएको हो ।

बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको संयुक्त सहकार्यमा केही दिन पहिले सडक सरसफाइ र मोड चौडा बनाउने कार्य गरिएको थियो । नियमित बस सञ्चालनका लागि आवश्यक प्रक्रिया थालिएको गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘निमियत बस सञ्चालनका लागि पहल हुँदैछ, हामी छिट्टै नै गाउँपालिका केन्द्र चवराचौतारासम्म बस पुर्‍याउने योजनामा छौँ ।’ यो क्षेत्रमा बस सेवा सञ्चालनमा आए त्यहाँका नागरिकले महँगो गाडी भाडा तिरेर जीपमा कष्टकर यात्रा गर्नु पर्ने बाध्यताको अन्त्य हुने समाजसेवी दीलबहादुर बमले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया