संखुवासभाको किमाथांकामा भोकमरी हुन नदिन खाद्यान्न वितरण

 फागुन १०, २०७९ बुधबार ९:१३:५ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – चीनसँग सीमाना जोडिएको भोटखोला गाउँपालिका–१, किमाथांकामा भोकमरी हुन नदिन खाद्यान्न वितरण गरिएको छ । भोटखोला–१ का वडाअध्यक्ष नुर्पु च्याबाले भोटखोला गाउँपालिका, १ नम्बर वडा कार्यालय र दाताहरुबाट सहयोग जुटाएर वडाबासीलाई खाद्यान्न चामाल, नुन, तेल लगायतका दैनिक उपभोग्य सामानहरु वितरण गरेको बताउनुभयो ।

भोटखोला गाउँपालिको तर्फबाट २ लाख १० हजार, पर्यटन व्यवसायी जेनजेन लामाबाट ३ लाख ५५ हजार र भोटखोला–१ वडा कार्यालयको तर्फबाट २ लाख गरि कुल ७ लाख ६५ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको उहाँकाे भनाइ छ ।

यस क्षेत्रमा आलु, मकै, गहुँ, जौ मात्रै उत्पादन हुने भएकाले खाद्यान्न किन्न चिनियाँ बजार नै जानु पर्ने बाध्यता छ । तर लामाे समयदेखि चिनियाँ नाका बन्द भएकाले समस्या भएपछि खाद्यन्न वितरण गरिएकाे हाे ।

सदरमुकाम खाँदबारीबाट १ सय ६२ किमि उत्तरमा किमाथाँका गाउँ पर्दछ । किमाथाँका गाउँको पारिपट्टि चीनको देदाङ्ग, रियू र चाँगा बजार रहेको छ । बीचमा मितेरी पुलले मात्रै नेपाल र चीनको सीमाना छुट्ट्याएको छ । किमाथांका नाका चीन सरकारले कोभिड १९ को कारण देखाउँदै २०७६ माघ ५ गते बन्द गरेको थियो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पटक–पटक जिल्ला प्रशासन कार्यालय खाँदबारीमा राजनैतिक दलसहितका सर्वदलीय बैठकले किमाथांका नाका खुलाउन पहल गर्ने निर्णय गर्दै आएको छ । त्यही निर्णय बोकेर परराष्ट्र मन्त्रालयसम्म पुगेर भोटखोला गाउँपालिकाले नाका खुलाउन पहल गरिरहेको छ । तर, पनि चीन सरकारले नाका खुलाउन चासो देखाएको छैन् ।

किमाथांका नाका बन्द हुँदा भोटखोला गाउँपालिकाका हटिया, चेपुवा, हुङहुङ, छुमसुर र च्याम्ताङ लगायतका गाउँहरु प्रभावित बन्दै गएका छन् । त्यस क्षेत्रका अधिकांश मानिसहरु चीनको देदाङ्ग, रियू र चाँगा बजारमा दैनिक उपभोग्य खाद्यान्नदेखि लत्ताकपडा समेत त्यहीँ निर्भर हुने गरेका थिए । सदरमुकाम खाँदबारी आवातजावात गर्न एक हप्ता लाग्ने भएकाले उनीहलाईरु चिनियाँ बजारमा भर पर्नुपर्ने बाध्यता छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया