अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : साउदीलाई ब्राजिलले हरायो, उरुग्वे दक्षिण कोरियासँग हार्‍याे

 असोज २७, २०७५ शनिबार ६:२९:१९ | एजेन्सी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिलले साउदी अरेबियालाई हराउँदा उरुग्वे भने दक्षिण कोरियासँग पराजित भएको छ ।

फिफाको क्यालेन्डर अन्तगर्त शुक्रबार राति भएको मैत्रीपूर्ण खेलमा ब्रजिलले १० खेलाडीमा झरेको साउदीलाई दुई–शून्यले हरायो । ब्राजिलको जितमा गाब्रियल जिसस र एलेक्स सान्द्रोले एक –एक गोल गरे । खेलको ४३ औं मिनेटमा जिससको गोलमार्फत ब्राजिलले अग्रता बनायो । त्यसपछि ८५ औं मिनेटमा साउदी १० खेलाडीमा झर्न पुग्यो । साउदी मोहम्मद अल ओइस रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । ९०  औं मिनेटमा सान्द्रोले गोल गर्दै ब्राजिललाई दुई–शून्यको जित दिलाए ।

यस्तै अर्को खेलमा उरुग्वे दक्षिण कोरियासँग दुई–एकले स्तब्ध भयो । निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो  ६६ औं मिनेटमा हाङ उइ जोले गोल गर्दै कोरियालाई अग्रता दिलाए । ७२ औं मिनेटमा भिसिनोले उरुग्वेका लागि बराबरी गोल गरे । तर ७९ औं मिनेटमा पुनः जुङ ओ योङले गोल गर्दै कोरियाको जित सुनिश्चित गरे ।

अन्य खेलमा जापानले पनामालाई तीन–शून्यले हराउँदा कतारले इक्वेडरलाई चार–तीनले पराजित गर्यो । यस्तै कोलम्बियाले अमेरिकालाई चार–दुईले पाखा लगायो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया