सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानको उत्तरपूर्वमा भएको एक चुनावी र्यालीमा बम आक्रमण हुँदा कम्तिमा १३ जनाको ज्यान गएको अफगान अधिकारीहरुले बताएका छन् ।
मृत्यु हुनेहरुमा नागरिक र सुरक्षाफौजका व्यक्तिहरु रहेका छन् । तखार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका प्रवक्ता खलिल असरले ३२ जना अरु घाइते भएको जानकारी दिएका छन् ।
रुस्ताक जिल्लामा आयोजित चुनावी र्यालीलाई लक्षित गरी मोटरसाइकलमा राखिएको बम पड्काइएको पनि असरले बताएका छन् । त्यस र्यालीमा सम्बोधन गर्न महिला उम्मेदवार नजिफा युसोफी बेग आइपुग्नु ठिक अघि बिस्फोट गराइएको थियो ।
तखारको यस आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन, तर तालिबान लडाकू यस प्रान्तमा सक्रिय रहेका छन् । विगतमा भएका यस्तै आक्रमणको उनीहरुले नै जिम्मेवारी लिँदै आएका छन् ।
अक्टोबर २० मा हुने संसदीय चुनावलाई लक्षित गरी देशैभर आक्रमणका सिलसिला जारी छन् । गएको साता पनि हेल्मन्ड प्रान्तमा एकजना उम्मेदवारको हत्या गरिएको थियो ।