आजदेखि हलमा छक्का पञ्जा ४ र २.० छड्के

 फागुन १९, २०७९ शुक्रबार १०:१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि हलमा दुई नेपाली चलचित्र २.० छड्के र छक्का पञ्जा ४ प्रदर्शनमा आएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा ४ र अनमोल केसी अभिनित २.० छड्के आजदेखि प्रदर्शनमा आएका हुन् । यी दुवै 'सिक्ववेल मुभी' हुन् ।

छक्का पञ्जा ४ मा दीपक र दीपाश्री निरौला बाहेक बेनिशा हमाल, केदारप्रसाद घिमिरे, बुद्धि तामाङ्ग, नीर शाह, अनुरागमान सिंह कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्य लगायतको अभिनय रहेकाे छ ।

चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक स्वयंको कथा, पटकथा तथा संवाद छ । आमा सरस्वती मुभिज र आईएमईको संयुक्त प्रस्तुति रहेको ‘छक्का पञ्जा ४’को निर्माताहरुमा दीपेन्द्र खनियाँ र केशव न्यौपाने हुन् ।

याे फिल्मकाे कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् भने चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

त्यस्तै, प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निर्माणमा रहेकाे २.० छड्केलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । २.० छड्केमा मुख्य कलाकार अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेकाे छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया