बर्दिया : ठाकुरबाबाले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

 फागुन २१, २०७९ आइतबार २०:१३:२८ | भावुक योगी
unn.prixa.net

बर्दिया – जिल्ला खेलकुद विकास समिति बर्दियाको आयोजनामा भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि ठाकुरबाबा नगरपालिकाले जितेको छ । 

गएको शुक्रवारदेखि बर्दियाको सदरमुकाम गुलरियामा सुरु भएको प्रतियोगितामा सबैभन्दा बढी १९ स्वर्ण, ७ रजत र ५ कास्य पदकसहित ठाकुरबाबा नगरपालिकाले उपाधि जितेको हो ।  

त्यसैगरी दोस्रो भएकाे बाँसगढी नगरपालिकाले ११ स्वर्ण, ८ रजत र ९ कास्य पदक प्राप्त गरेको छ । तेस्रोमा गुलरिया नगरपालिकाले ७ स्वर्ण, ८ रजत र १३ कास्य पदक हात पारेको छ भने चौथोमा राजापुर नगरपालिकाले ५ स्वर्ण, ८ रजत र १० कास्य पदक जितेको छ । 

यस्तै प्रतियोगितामा मधुवन नगरपालिकाले ४ स्वर्ण, ५ रजत र ४ कास्य पदक जितेको छ । बारबर्दिया नगरपालिकाले २ स्वर्ण, ८ रजत र ४ कास्य पदक जितेको छ । गेरुवा गाउँपालिकाले २ स्वर्ण, ६ रजत र २ कास्य पदक जितेको छ भने बढैयाताल गाउँपालिका स्वर्णविहीन बन्दा १ रजत र ५ कास्य पदक जितेको छ ।

बर्दियाका ८ वटा पालिकाबाट ५ सय ६० जना खेलाडीले प्रतिस्पर्धा गरेका जिल्ला खेलकुद विकास समिति बर्दियाका अध्यक्ष रबिन्द्र यादवले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट भएका ९० जना खेलाडीलाई लुम्बिनी प्रदेशस्तरीय रनिङ शिल्ड प्रतियोगितामा पठाउन छनाेट गरिएको जिल्ला खेलकुद विकास समिति बर्दियाका प्रमुख भुपेन्द्र पुनले बताउनुभयो । 

१४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापनमा विजयी खेलाडीहरूलाई जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्यबहादुर विष्टले पदक प्रदान गर्नुभएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराते, उसु र तेक्वान्दो खेल समावेश गरिएका थिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया