सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
नेपालगञ्ज – बाँकेको खजूरामा जारी नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा सीएमजी संकटा क्लब फाइनलमा प्रवेश गरेको छ ।
डी गाउँमा रहेको नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालयको खेल मैदानमा बिहीबार भएको दोश्रो सेमिफाइनलमा सुदूरपश्चिम–११ लाई ट्राइब्रेकरमा ३–१ गोल अन्तरले हराउँदै संकटा फाइनल प्रवेश गरेको हो ।
निर्धारित समयमा दवैै पक्षबाट २/२ गोल भएपछि खेल ट्राइब्रकेरमा पुगेर टुंगिएको हो । खेलको सुरुवाती ६ मिनेटमै विजय सिंहको गोलले सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको तीन मिनेटमै एलोन म्याक्सवेलले गोल गरेर बराबरी गरेका थिए । ७० मिनेटमा पुनः म्याक्सवेलले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
त्यो अग्रता भने तीन मिनेटमै सुदूरपश्चिमले बराबरी गरेको थियो । सुदूरपश्चिमका चेतन कठायतले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुई÷दुई गोल भएपछि खेलको निर्णय ट्राइबेकरमा पुगेको थियो ।
ट्राइबेकरमा संकटाका सरोज ढकाल, रोमन लिम्बू र भुवन सुब्बाले गोल गरेका थिए । सुदूरपश्चिमका चेतन थारुले मात्रै गोल गरेका थिए । विजय सिंह र योगेन्द्र चौधरीको प्रहार संकटाका किपर दिनेश थापाले रोकेका थिए ।
प्रतियोगिताको फाइनल खेल लाली रुपन्देही–११ र संकटाबीच शनिबार हुने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालका ए डिभिजनमा रहेका ६ वटा क्लबको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।