सत्ता गठबन्धनकाे साझा सङ्कल्प : भ्रष्टाचारी एक दिन कानुनको कठघर...
चैत ६, २०८० मंगलबार
कपिलवस्तु – सहकर्मी प्रहरीबाटै जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरी बलात्कार प्रयासको शिकार बनेकी छिन् । गएको असोज २० गते राति १० बजे महिला प्रहरिमाथि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय भरत वलीले जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । घटना एक साता अघिको भए पनि अहिलेसम्म प्रहरीले घटनालाई गोप्य राखिएकाे थियाे ।
जबरजस्ती करणीको प्रयास गरेको आरोप खेपेका प्रहरी जवान वली अहिले निलम्बनमा प्रहरी हिरासतमा रहेको प्रहरी नायव उपरीक्ष रवि रावलले बताउनु भयो । प्रहरी नियन्त्रणमा रहेका प्रहरी जवान वलीलाई असोज २२ गते जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्धा अन्तर्गत अनुसन्धानका लागि ७ दिन थुनामा राख्न आदेश दिएको छ । पीडित महिला प्रहरीका श्रीमान्ले जवरजस्ती करणी उद्योगको मुद्धा अन्तर्गत प्रहरी जवान वली विरुद्ध किटानी जाहेरी दिए पछि मुद्धा प्रक्रिया अघि बढेको हो ।
राति करीब १० बजेको समयमा आफ्नै कोठा अगाडिबाट आफूलाई जबरजस्ती करणीको प्रयास गर्न खोज्दा आफूले प्रतिकार गरेर बचेको महिला प्रहरीले बताउनु भएको छ । महिला प्रहरीको प्रतिकार पछि वली त्यहाँबाट फरार भएका थिए ।