डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि रमेश लिम्बूलाई

 चैत २५, २०७९ शनिबार १४:२३:५४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा आयाेजित डोको बोकेर कुद्ने (डोको क्यारी रन) प्रतियाेगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । उनले निर्धारित दुरी १३ किलोमिटर १ घण्टा ४ मिनेट ३१ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।

त्यस्तै यस प्रतियोगितामा प्रकाश लिम्बू दोस्रो भएका छन् । उनले निर्धारित समय १ घण्टा ४ मिनेट ४४ सेकेन्डमा पार गरेर दोस्राे हुन सफल भएका छन् ।  त्यस्तै १ घण्टा ५ मिनेट ३०  सेकेन्डमा पार गरेर चन्द्रबहादुर कार्की तेस्रो हुन सफल भएका छन् । 

दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको अन्तिम दिन आज शनिबार प्रतियाेगिताकाे आयाेजना गरिएकाे हाे । डोकोमा १५ किलो बालुवा बोकेर शुकेटर नजिकै रहेको पयुङबोटे पुगेर फेरि सदरमुकाम फर्किनुपर्ने रहेको थियो । 

प्रतियोगितामा पहिलो, दोस्रो तथा तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित प्रमाण पत्र पाउने आयोजक समितिका अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया