संखुवासभामा वस्तुभाउमा छालाको रोग देखिएपछि कृषक चिन्तित

 चैत २५, २०७९ शनिबार १८:९:१४ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा–संखुवासभाको विभिन्न ठाउँहरुमा वस्तुभाउमा छालाको रोग (लम्पी स्कीन डिजिज) देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. २ र ६ मा यो रोगको संक्रमण सबैभन्दा बढी देखिएको भेटरिनरी अस्पताल तथा विज्ञ केन्द्र संखुवासभाका कार्यालय प्रमुख हिमालय पोखरेलले बताउनुभयो । उहाँको अनुसार, खाँदबारी नगरपालिकाको वडा नं. ७, ८, ९ र १० र पाँचखपन नगरपालिकाको वडा नं. १, ३, ४ र ५ का साथै भोजपुरको षडानन्द नगरपालिकामा समेत फाटफुट देखिएको छ । 

खाँदबारी नगरपालिका–२ र ६ मा रोगको संक्रमण सबैभन्दा बढी देखिएपछि घर–घरमा नै पुगेर पशुहरुको उपचार गरिएको थियो । अभियानकै रुपमा कृषकहरुको घर–घरमा पुगेर उपचार गरिएको छ, अझै पनि सचेत रहन सबै पशुपालक कृषकहरुलाई अनुरोध गरिएको कार्यालय प्रमुख पोखरेलको भनाइ छ । यस्तै यसबारे जिल्लाभर नै सचेतना फैलाउन सबै पालिकाहरुलाई पनि खबर गरिएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार यो रोगबाट पशुहरुको खुट्टा, च्यापु, माला, अण्डकोष, फाँचो सुनिने, शरिरभरि फोका आउने, दाना, घाँसपानी नखाने, नउग्राउने, ज्वरो आउने, दुहुना पशुको दुध सुक्ने, ब्याउने पशु भए तुहिने, कमजोर हुने लगायतका लक्षणहरु देखिने गर्छन् ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया