आईपीएल क्रिकेटमा पञ्जाबले कोलकातालाई ८ विकेटले हरायो : नया...
बैशाख १५, २०८१ शनिबार
धनुषा - धनुषामा माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा धनुषाधाम नगरपालिका-९, धारापानी बस्ने रामअवध यादवकी १० वर्षकी छोरी सृजना कुमारी यादव छिन् ।
बालिका धारापानीबाट मामाघर धनुषाधाम नगरपालिका ४ लक्ष्मीपुर मामा घर आएकी थिइन् । बिहीबार बिहान दीपावलीको तयारीको लागि माटो लिन साथीहरुसँग गएको बेला माथिबाट खसेको माटोको ढिस्कोमा परि उनकाे ज्यान गएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
माटोको ढिस्कोमा परि स्थानीय रन्जिता पन्डित पनि समान्य घाइते भएकी र उनको धनुषाधाममा उपचार भइरहेको दाहालले बताउनुभयो ।