आउँदाे बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री अाेली

 कात्तिक १, २०७५ बिहिबार १९:२३:२ | रासस
unn.prixa.net

झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने बताउनुभएको छ । 

आफ्नो सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो अवस्थामा रहेका कारण याे वर्ष ज्येष्ठ नागरिक भत्ता बढाउन नसकेको उहाँले बताउनुभयो । 

दशैँका अवसरमा नेकपा झापा जिल्ला कमिटीद्वारा बिहीबार बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रम ओलीले भन्नुभयो, ‘भनेजस्तो भएन भनेर ज्येष्ठ नागरिकलाई नरमाइलो लागिरहेको होला, आउँदो बजेटमा हामी भत्ता बढाइहाल्छौँ ।’ 

देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउने आफ्नो मुख्य सङ्कल्प भएको उल्लेख गर्दै उहाँले जनताको अपेक्षा र विश्वासलाई तलमाथि पर्न नदिने बताउँदै प्रम ओलीले भन्नुभयो, ‘मैले कर्तव्य बुझेको छु, नाकमा कालो लाग्न दिन्नँ ।’

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा, प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलगायतको उपस्थिति थियो । 

अन्तिम अपडेट: कात्तिक २९, २०७५

2 Comments

  • dev ram sapkota

    Oct. 20, 2018, 8:30 a.m.

    भ्रष्टाचारीलाई कारवाही गरि तिमीहरू जस्ता दलाल नेताको अकुत सम्पत्ति राष्ट्रियकरण गरन ..कति हामीलाई राख्छौ यो खाडीमा / हे भगवान अब हाम्रा नातीहरु त आफ्नै देशमा रमाउन सकुन / नेपाल विकाशको दिशामा लाग, मर्ने बेलामा केही त गर ! स्वर्गजस्तो देशमा जन्मेर नरकमा पुरा जीवन भेट्टाउन विवस हामी नेपाली अब पनि केही गरेनौ भने तिमिहरुको सत्यानास गर्न आउने हो /होस गरेर काम गर , चेतना भया /

  • Saroj

    Oct. 18, 2018, 8:22 p.m.

    भएकाे रकम जनप्रतिनिधि लाइ तलबमा सकियाे अनि कता हुन्छ त पैसाे?

तपाईको प्रतिक्रिया