ठगी नियन्त्रणका लागि विभागले बनायो अनुगमन गर्न छुट्टा छुट्टै तीन समिति

 चैत २९, २०७९ बुधबार ११:३०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ठगी नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारी बनाउन भन्दै वैदेशिक रोजगार विभागले छुट्टा छुट्टै तीन वटा अनुगमन समिति गठन गरेको छ ।

विभागले गर्दै आएको अनुगमनलाई नियमित, व्यवस्थित बनाउन ठगी नियन्त्रण गर्ने उद्देश्यले विभागका निर्देशकहरूको संयोजकत्वमा अन्य अधिकृत र कर्मचारीहरू सदस्य रहने गरी अलग अलग तीन वटा अनुगमन समिति बनाइएको विभागले जनाएको छ ।

यो अनुगमन समितिले म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम प्रदायक लगायत वैदेशिक रोजगारको प्रक्रियासँग प्रत्यक्ष जोडिएका निकायहरूको अनुगमन गर्ने छ ।

विभागबाट खटिएको टोलीलाई आवश्यक कागजात, विवरण तथा जानकारी उपलब्ध गराई अनुगमन कार्यलाई सहयोग पुर्‍याउने विभागले अनुरोध पनि गरेको छ । अब हुने अनुगमन भने नतिजामुखी हुने विभागले बताएको छ ।

पछिल्लो समय विभागको अनुगमन कमजोर हुँदा विभिन्न बहानामा वैदेशिक रोजगार ठगी बढिरहेको छ । 

 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया