सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
क्रिष्टियानो रोनाल्डो युरोपका उत्कृष्ट पाँच लिग फुटबलमा ४ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।
इटालियन सिरीए अन्तर्गत शनिबार रातिको खेलमा युभेन्टसका लागि गोल गर्दै रोनाल्डोले यो कीर्तिमान बनाएका हुन् । रियल मड्रिडबाट यसै सिजन युभेन्टस पुगेका रोनाल्डोले १० खेलमा पाँचौ गोल गरेका हुन् ।
रोनाल्डोले युभेन्टसबाट सिरी ए मा ५, म्यानचेस्टर युनाइटेडबाट इंग्लिस प्रिमियर लिगमा ८४ तथा रियल मड्रिडबाट ला लिगामा ३११ गरी लिग खेलमा ४०० गोल गरेका छन् ।