प्यूठानमा क्रिकेट प्रतियोगिता हुँदै
 

 कात्तिक ५, २०७५ सोमबार १७:४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्यूठान – प्यूठानमा कात्तिक १६ गतेदेखि खुला क्रिकेट प्रतियोगिता हुने भएको छ । 

अखिल क्रान्तिकारी जिल्ला कमिटी प्यूठानले सोमबार पत्रकार सम्मलेन गरेर असोज १६ गतेदेखि दोस्रो महेश स्मृति खुला क्रिकेट प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ । खेलकुद मैदान विजुवारमा हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ नगद पाउने अखिल क्रान्तिकारी प्यूठानका इन्चार्ज सुमनराज श्रेष्ठले जानकारी दिनुभयो । 

प्यूठानमा क्रिकेटका गतिविधि बढाउन र महेश विकको सम्झनाको लागि क्रिकेट प्रतियोगिताको आयोजना गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव मिलन एम सीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया