गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान
बैशाख १५, २०८१ शनिबार
चीनले बनायो समुद्रमाथि विश्वकै लामो पुल(तस्बिरसहित)
चीनले समुन्द्रमाथि बनेको विश्वकै सबैभन्दा लामो पुलको उद्घाटन गर्दैछ ।
५५ किलोमिटर लामो हङकङ–झुहाई–मकाउ पुल आउँदो बुधबारबाट सर्वसाधारणका लागि खुला गरिँदैछ । यो पुलले मेनल्याण्ड चीनमा रहेको झुहाई शहरलाई हङकङ र मकाउसँग जोड्नेछ ।
यो पुल समुद्रमाथि र समुद्रमुनि सुरुङसहित तयार पारिएको छ । समुद्रमाथि २२.९ किलोमिटर र समुद्रमुनि ६.७ किलोमिटर लम्बाई रहेको छ । पुलको बाँकी भाग जमिनमाथि नै बनाइएको छ । सुरुङको दुवैतर्फ कृत्रिम द्वीप बनाइएको छ ।
यो पुल बनाउन ४ लाख टन स्टील प्रयोग भएको बताइएको छ । यो पुलले ८ रेक्टर स्केलसम्मको भूकम्पलाई सजिलै प्रतिरोध गर्न सक्नेछ । पुल बन्नुभन्दा पहिले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झुआई जान चार घण्टा लाग्दथ्यो । अब भने यो यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
कतिपयले यो पुलको निर्माणलाई महत्वाकांक्षी बताए पनि कतिपयले भने चीनले हङकङ र मकाउमाथि आफ्नो नियन्त्रण भएको राजनीतिक सन्देश दिन चाहेको पनि बताएका छन् ।
यो पुलको परियोजना सन् २००३ मा तयार पारिएको थियो भने सन् २००९ बाट निर्माण सुरु गरिएको थियो । यो पुल बनाउन १२० अरब युआन झण्डै १७ अरब अमेरिकी डलर खर्च भएको बताइएको छ ।