पानमुनजोम सीमा क्षेत्रबाट सुरक्षाकर्मी र हतियार हटाउने दुई कोरियाबीच सहमति

 कात्तिक ६, २०७५ मंगलबार ९:०:२९ | रासस
unn.prixa.net

दुई कोरियाबीचको सीमा क्षेत्र पानमुनजोमबाट सुरक्षाकर्मी र हातहतियार हटाउने उत्तर कोरिया र दक्षिण कोरियाबीच सहमति भएको छ ।

दुई कोरिया र अमेरिकी नेतृत्वमा रहेको संयुक्त राष्ट्रसंघीय सुरक्षा कमाण्डबीच सीमाक्षेत्रको केही भागलाई निशस्त्र गर्न सहमति भएको हो । कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने प्रयासमा भएको सफल कुटनीतिक प्रयासबाट कोरियाली प्रायद्वीपलाई विभाजित गरेको व्यापक सुरक्षाकर्मी तैनाद रहेको पानमुनजोम सीमा क्षेत्रलाई निशस्त्रीकरण गर्ने सहमति भएको हो ।

‘त्यहाँ रहेका तीनै पक्षले सीमा क्षेत्रमा रहेका विष्फोटक पदार्थ र सुरक्षा चौकीलाई संयुक्त सुरक्षा क्षेत्रबाट यही अक्टोबर २५ सम्म हटाउन भएका त्रिपक्षीय वार्तापछि सबै सहमत भएका छन्’, दक्षिण कोरियाली रक्षा मन्त्रालयले जारी एक वक्तव्यमा जनाइएको छ ।

सहमतिमा उनीहरूले ‘तीन–पक्षीय संयुक्त प्रमाणिकरण’ कार्यलाई आगामी दुई दिनसम्म सञ्चालन गर्नेछन् । शान्ति गाउँ पानमुनजोमको झण्डै २५० किलोमिटर अग्रभागमा दुवै देशका सैनिक बस्दै आएका र बेलाबखत तनाब हुने गरेको क्षेत्र हो ।

यो क्षेत्रमा सन् १९७६ मा उत्तर कोरियाली सेनाले सैन्य गतिविधि निषेधित क्षेत्रमा दाउरा काट्न गएका दक्षिण कोरियाली नागरिकलाई आक्रमण गर्नु पहिले तटस्थ क्षेत्रका रूपमा हेरिँदै आएको थियो ।

अझै पनि प्राविधिक रूपमा युद्धमा रहेका दुई कोरियाले पानमुनजोम क्षेत्रमा सैन्य तनाव कम गर्न आवश्यक उपायको अवलम्बन गर्ने दुवै देशका उच्च अधिकारीहरु सहमत भएका थिए ।

तर ‘जोइन्ट सेकुरिटी एरिया’का अधिकारी सम्मिलित सोमबारको बैठकले गएको महिना भएको उच्च नेताहरूको सहमतिलाई कार्यान्वयनमा लाने निर्णय गरेको हो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया