ताप्लेजुङ : जाडाे छल्न बेसी झरेका भेडीगोठ लेकतिर उक्लिँदै

 जेठ ४, २०८० बिहिबार ९:३४:० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङका हिमाली क्षेत्रबाट जाडो र हिमपात छल्न औल झरेका भेडीगोठहरु लेकतिर उक्लिन थालेका छन् । औलमा गर्मी बढेसँगै वैशाखकाे अन्तिम हप्तादेखि भेडीगाेठ हिमाली क्षेत्रतर्फ सार्न थालिएकाे हाे । 

फुङ्लिङ नगरपालिका–११ फावाखोलाका कृषक गोपाल विष्टले ३ हजारदेखि ३ हजार ५०० मिटरसम्मका हिमाली क्षेत्रमा रहेका भेडीगाेठमा भेडा सार्न लागिएकाे जानकारी दिनुभयाे । गर्मी मौसममा भेडाहरु औलमा बस्न नरुचाउने भएकाले गाेठ माथिल्लो क्षेत्रतिर सार्न थालिएको उहाँकाे भनाइ छ । 

हिउँदमा अत्यधिक चिसो हुने हुँदा भेडा उच्च हिमाली क्षेत्रमा बस्न नरुचाउने र गर्मीमा बेसी बस्न नरुचाउने भएका कारण हिउँद र गर्मीमा गाेठ सार्ने गरिएकाे विष्ट बताउनु हुन्छ । भेडीगोठ यतिबेला फावाखोलाकै माथिल्लो क्षेत्र वैशाखे हुँदै हिमालतिर सार्न सुरु गरिएकाे विष्टले बताउनु भयाे । 

वैशाखे हुँदै मयाम खर्क, तापेथोक, हेल्लोक, सेखाथुम, जापानटार हुँदै करिब पाँच हजार मिटर उचाइमा रहेको सिद्धिखर्कसम्म गाेठ पुर्याउने गरिन्छ । विष्टका अनुसार सिद्धिखर्कतिर करिब तीन महिना गोठ राखेर अन्यत्र सार्ने गरिन्छ । 

पछिल्लाे समय भेडीगाेठ राख्ने चलन हराउँदै गएकाे छ । ताप्लेजुङमा फावाखोलाका विष्ट परिवारलगायतका केहीले मात्र परम्परागत पेसाको रुपमा रहेको भेडीगोठ व्यवसाय गर्दै आएका छन् । पछिल्लो पुस्ताले भेडापालन पेसा नरुचाउने तथा चरन क्षेत्रसमेत साँघुरिँदै गएका कारण भेडी गोठ राख्ने चलन हराउँदै गएको छ। 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया