कोलम्बिया : विमान दुर्घटना भएको १८ दिनपछि ११ महिनाको बच्चासहित ४ जना जीवितै भेटिए

 जेठ ४, २०८० बिहिबार १४:५०:२१ | एजेन्सी
unn.prixa.net

कोलम्बियामा १८ दिनअघि भएको विमान दुर्घटनामा ११ महिनाको बच्चासहित चार जना जीवितै भेटिएका छन् । विमान दुर्घटना भएको दुई हप्तापछि अमेजन जङ्गलमा चार जना बालबालिकालाई जीवितै भेटाइएको कोलम्बियाका प्रधानमन्त्रीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले यो देशकै लागि आनन्दको खबर भएको उल्लेख गर्नुभएको हो ।

गएकाे मे १ मा विमान दुर्घटना भएकाेमा विमानमा यात्रा गरिरहेका नाबालिगहरूको खोजी गर्न तालिम प्राप्त कुकुरसहित एक सय जनाभन्दा धेरै सिपाही तैनाथ गरिएको थियो । दुर्घटनामा पाइलट र बच्चाकी आमासहित तीन जनाको ज्यान गएको थियो ।

राष्ट्रपति पेट्रोले बालबालिकालाई कहाँबाट उद्धार गरिएको हो र उनीहरू जङ्गलमा एक्लै कसरी बाँचे भन्नेबारेमा कुनै जवाफ दिनुभएको छैन । बालबालिकाहरू जङ्गलमा हाँगा भाँचेर बनाइएको सानो आश्रयस्थलमा बसेका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया