चिर्पटले हानेर भोजपुरमा एक युवकको हत्या

 कात्तिक ७, २०७५ बुधबार १७:३:३५ | बुद्ध तामाङ

भोजपुर – व्यक्तिगत रिसिबीका कारण चिर्पट प्रहारबाट एक युवकको ज्यान गएको छ । 

षडानन्द नगरपालिका–५, आँपटारेका २७ वर्षीय मानबहादुर मगरले त्यसै ठाउँका २६ वर्षीय सुरेश राईलाई दाउराको चिर्पटले हानेर गम्भीर घाइते बनाएका थिए ।  उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा राईको ज्यान गएको हो । 

‘पञ्च’ भनिने मानबहादुर मगरले व्यक्तिगत रिसिबीले राईमाथि मंगलबार साँझ करिब ६ बजेतिर चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका राईलाई तत्काल तुम्लिङटारमा रहेको मनकामना अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

गहिरो चोट लागेका राईको त्यहाँ अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले बताउनुभयो ।

घटनाका आरोपी मगरलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया