लिखु–२ आयोजनाबाट प्रभावित रामेछापको गुम्देलका बासिन्दाको माग अझै सुनुवाई भएन

 जेठ २०, २०८० शनिबार १०:५९:१३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलका स्थानीयबासिन्दाले सुरक्षित ठाउँमा स्थानान्तरणको माग गरेका छन् । तर उनीहरुको मागमा अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।

निमार्ण सम्पन्न भएर परिक्षणका क्रममा रहेको ५५ मेघावाट क्षमताको लिखु–२ जलविद्युत् आयोजनाको सुरुङको पानी बस्तीमा चुहिँदा ४२ घर प्रभावित भएका छन् । पानी चुहिएको तीन हप्ता बितिसक्दा पनि जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न कुनै पहल नगरेको भन्दै स्थानीयबासिन्दाले यसअघि आयोजना सञ्चालकलाई कारबाहीको मागसहित जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी समेत दर्ता गराएका थिए ।

उमाकुण्ड गाउँपालिका–१ गुम्देल पेकरनासमा  सुरुङको पानी चुहिएर जलमग्न भएको छ । पानी चुहिँदा केही ठाउँमा पहिरो गएको छ भने र केही घर डुबानमा परेको स्थानीय राजेन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार ४२ घर विस्थापित हुने अवस्थामा छन् । अहिलेसम्म आयोजनाका कुनै पनि जिम्मेवार व्यक्ति प्रभावित क्षेत्रमा नगएको उनीहरुको गुनासो छ । आयोजना प्रभावित जोखिम क्षेत्रमा पुगेर फर्केका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङले तत्काल स्थानीयलाई आयोजनाले सुरक्षित ठाउँमा सार्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।


अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया