युराेपा लिग : रुवेनको ह्याट्रिक, चेल्सी र अार्सनलको जित

 कात्तिक ९, २०७५ शुक्रबार ७:१९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

रुवेन लफ्टस चिकले ह्याट्रिक गरेपछि इंग्लिस क्लब चेल्सीले युरोपा लिगमा सतप्रतिशत जित निकालेको छ । एक पक्षीय खेलमा चेल्सीले बेलारुसको बाटेलाई ३–१ ले हरायो । 

खेलको दोस्रो मिनेटमा नै लफ्टस चिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि विलियनको पासमा चिकले अर्को गोल गरेपछि चेल्सीले आठ मिनेटभित्र दुई गोलको अग्रता लिएको थियो ।  ५३औं मिनेटमा चिकले ह्याट्रिक पूरा गर्दा चेल्सीले ३–० को अग्रता बनायो । 

७९औं मिनेटमा एलेक्सि रियोसले बाटेका लागि गोल गरे । तर बाँकी समयमा गोल हुन नसक्दा सो गोल बाटेका लागि सान्त्वनामात्र बन्यो । 

अर्को इंग्लिस क्लब आर्सनल पनि विजयी भएको छ । पोर्चुगलको स्पोर्टिङलाई हराएपछि आर्सनलले जितको यात्रा ११ खेलमा लम्ब्याएको छ । आर्सनलको जितमा ड्यानी वेलबेकले ७७औं मिनेटमा गोल गरेका थिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया