नेपालको राष्ट्रियताबारे भारतीय चलचित्र लेखकको विवादित भनाइ

 असार ३, २०८० आइतबार १२:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् ।

चलचित्रमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने गलत संवादबारे  भारतीय टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले नेपाल सन् १९०३ सम्म भारतकै हिस्सा भएको दाबी गरेका छन् । अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको दाबी गरे । यो कुरा नेपालीले बुझ्न नसकेको पनि उनको भनाइ छ ।

चलचित्रमा रहेको ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित अंशलाई लिएर व्यापक विरोध भइरहँदा यसका पटकथा लेखक मुन्तशिरले राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग नरहेको बताएका छन् ।

नेपालको राष्ट्रियतामाथि नै प्रश्न उठाउने उनको विवादित भनाइलाई लिएर सामाजिक सञ्जालमा विरोध भइरहेको छ । यसबारे सरकारीस्तरबाटै प्रतिवाद हुनुपर्ने माग उठिरहे पनि परराष्ट्र मन्त्रालय मौन छ ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया