ताप्लेजुङको मेहेलेमा पहिरोमा परि बाबुछाेराकाे ज्यान गयाे, एक जना घाइते

 असार ४, २०८० सोमबार १०:१५:४० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहान पहिरो जाँदा बाबु छाेराकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । पहिराेमा परि केशरबहादुर राई र उहाँका छाेरा सुरेश राईकाे ज्यान गएकाे हाे । यस्तै, राजकुमार राई घाइते हुनुभएकाे प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयाे । 

पहिराेमा बेपत्ता हुनुभएका केशरबहादुर मृत भेटिनुभएकाे र घाइते हुनुभएका सुरेशकाे उपचार लागि लैजाँदै गर्दा ज्यान गएकाे हाे । घाइते राजकुमारलाई उपचारका लागि अस्पताल लैजान समस्या भइरहेकाे लिम्बूले बताउनु भयाे।  

यस्तै, शनिवार राति गएको पहिरोमा परि बेपत्ता भएका मेहेलेका एकै घरका तीन जना अझै सम्पर्कविहीन छन् । मेहेले भालुखोपका भगिमायाँ बुढाक्षेत्री, उहाँकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ज्वल बुढाक्षेत्री पहिराेमा बेपत्ता भएका हुन्। निरन्तर वर्षा भइरहेका कारण बेपत्ताहरुकाे खाेजी गर्न समस्या भएकाे लिम्बूले बताउनुभयो । पहिरोमा बेपत्ता भएका मेहेले भालुखोपका गणेश तामाङको भने शव फेला परिसकेको छ । 

मेहेलेमा शनिवार बेलुकादेखि सुरु भएकाे वर्षा अझै रोकिएको छैन । यहाँका प्रायजसाे सबै स्थानीय आफ्नो घर छाडेर अन्यत्र सरेका छन् तर सुरक्षित भनिएकै ठाउँमा पनि वर्षा भइरहेका कारण जोखिम रहेको स्थानीयले बताएका छन् । 

ताप्लेजुङकाे मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायतका पूर्वी क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ । मेहेलेमा मात्रै पहिराेले छ वटा घरमा पूर्णरुपमा क्षति पुर्याएकाे छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया