प्रधानमन्त्री प्रचण्ड बाढी प्रभावित क्षेत्रकाे अवलाेकनका लागि सङ्खुवासभा आउँदै

 असार ४, २०८० सोमबार ११:३७:२९ | नवीन गुरुङ
unn.prixa.net

फाइल तस्बिर

सङ्खुवासभा - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि सङ्खुवासभा आउँदै हुनुहुन्छ । 

उहाँ आज हवाईजहाजमार्फत् सङ्खुवासभा आउनुहुने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डसहित, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्खुवासभाबाट निर्वाचित प्रतिनिधि सभाका सांसद दीपक खड्का, प्रदेश सभा सदस्य राजेन्द्र कार्कीलगायत आउनु हुने कार्कीले जानकारी दिनुभयो ।

शनिवार राति आएको बाढीले सङ्खुवासभामा अहिलेसम्म एक जनाको ज्यान गएकाे छ भने २१ जना बेपत्ता भएका छन् । बाढीबाट कराेडाैँ रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । 

पाँचखपन नगरपालिका–४ र चैनपुर नगरपालिका–९ को बीचमा पर्ने हेवाखोलामा आएको बाढीले सुपर हेवा हाइड्रोपावर कम्पनीमा कार्यरत १८ जना, सभापोखरीमा दुई जना र नुनढाकीमा एक जना गरी २१ जना बेपत्ता भएका छन् । उनीहरुले खोजी कार्य भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया