दाङकाे लमहीमा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

 साउन ५, २०८० शुक्रबार १२:०:३४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

लमही नगरपालिका–३ मिलनचोककी रुपनी चौधरीको करेन्ट लागेर ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लाग्दा उहाँकाे ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया