लुम्बिनी प्रदेशभर अब आँखाकाे नानी प्रत्याराेपण निःशुल्क

 साउन १०, २०८० बुधबार १६:३२:१३ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ – लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्रालयले प्रदेशभर 'कर्निया' अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कार्यक्रम लागू गर्नेमा सात वटा प्रदेशमध्ये लुम्बिनी पहिलो हो । आँखाको ज्योति गुमाएर अन्धोपन भएकाहरूलाई त्यही अवस्थामा बसिरहन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्यमन्त्री राजु खनालले बताउनुभयो ।

कार्यविधि तयार गरेर यो कार्यक्रम अब लागू गरिने स्वास्थ्यमन्त्री खनालको भनाइ छ । यसका लागि कार्यविधि बनाउने प्रक्रिया शुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

आँखाको नानी प्रत्यारोपणका लागि बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोधभर्ना गर्ने गरी कार्यविधि तयार हुनेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया