ताप्लेजुङकाे मैवाखाेला गाउँपालिकाले पहिराे पीडितका लागि एक कराेड रुपैयाँ लगानीमा एकीकृत बस्ती बनाउने

 साउन १३, २०८० शनिबार १८:२०:० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिराेबाट विस्थापित भएकाहरुका लागि एकीकृत बस्ती निर्माण गरिरहेकाे छ । गाउँपालिकाले पहिराे पीडित ६४ घरपरिवारकाे व्यवस्थापनका लागि एक कराेड रुपैयाँ लगानीमा एकीकृत बस्ती निर्माण गर्न लागेकाे हाे । अहिलेसम्म १५ वटा घर निर्माण भइसकेकाे गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयाे । 

उहाँले भन्नुभयाे 'पीडित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि यस्ताे याेजना ल्याएका हाैँ । अहिले सम्ममा १५ वटा घर बनिसकेका छन् । अन्य बनाउने क्रम जारी छ ।’ अध्यक्ष वनेमले एकीकृत बस्ती निर्माणका लागि स्थानीयहरुले स्वेच्छिक श्रमदान गरिरहेका जानकारी दिनुभयाे । 

उहाँले जोखिममा रहेका ओदक क्षेत्रका घर परिवारलाई मैवाखोला गाउँपालिका वडा नं ३ मा रहेकाे मदन भण्डारी रङ्गशालामा अस्थायी एकीकृत बस्ती बनाइ स्थानान्तरण गर्ने याेजना रहेकाे बताउनु भयाे ।  

एक हप्तादेखि बस्ती निर्माणकाे काम शुरु गरेकाे गाउँपालिकाले स्वेच्छिक श्रमदानकाे आह्वान गरेकाे थियाे । ओदक पहिराेकाे जाेखिममा रहेकाले जतिसक्दाे चाँडाे बस्ती निर्माणकाे काम सक्नुपर्ने उहाँले बताउनु भयाे । 

गएकाे असार २ गते राति आएकाे पहिराेका कारण ओदकका घर जाेखिममा परेका हुन् । पालिकाले बस्ती निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्वेच्छिक रुपमा उपलब्ध गराउन आग्रह समेत गरेको छ । 

अध्यक्षले एक घरको लागि काठलगायत विभिन्न सामग्री खरिद गर्दा करिब १ लाख ५० हजार रुपैयाँ खर्चिनु पर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया