अल्लो प्रवर्द्धनमा जोड, जनप्रतिनिधिलाई अनिवार्य कोट

 कात्तिक १३, २०७५ मंगलबार १४:४४:५८ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – केही वर्षअघिसम्म स्थानीय मेला महोत्सव र कोसेली घरहरुमा मात्र थोरै बिक्रि हुने रोल्पामा उत्पादित अल्लो कपडाको माग अहिले ह्वात्तै बढेको छ ।

स्थानीय सरकारसँगै प्रदेश सरकारले पनि अल्लोबाट बनेको कोटलाई प्राथमिकता दिएपछि अहिले अल्लो उद्यमीहरुलाई कपडा उत्पादन गर्न भ्याइनभ्याइ भएको हो । रोल्पा नगरपालिकाले गएको वर्ष सबै नगर कार्यपालिकाका सदस्यहरुलाई अनिवार्य रुपमा अल्लोबाट बनेको कोट लगाउने निर्णय गर्‍यो ।

त्यसलगत्तै ५ नम्बर प्रदेशसभाले पनि रोल्पा र रुकुुम पूर्वको अल्लोलाई प्रवर्दन गर्ने उद्देश्यले सांसदहरुका लागि अल्लाको कोट अनिवार्य पोशाक बनाएपछि यहाँ उत्पादित अल्लो कपडाको माग झन् बढेको हो ।

अहिले यहाँबाट उत्पादित कपडाको काठमाडौंबाट समेत माग भइरहेको अल्लो उद्यमी देबुकुमारी डाँगीले बताउनुभयो । ‘अहिले त माग धान्नै गाह्रो छ’, उहाँले भन्नुभयो । तयारी पोशाकभन्दा अल्लो कोट बनाउनको लागि अहिले कपडाको पनि माग आउने गरेको उनीहरुको भनाई छ ।

परम्परागत मेसिनबाट कपडा उत्पादन गर्दा धेरै समय लाग्न र थोरै कपडा मात्र उत्पादन हुने भएकाले पनि माग आपूर्तिमा कठिन भएको उद्यमी अनिता थापाले बताउनुभयो । नयाँ प्रविधि भित्र्याउन सकेमा माग पूर्ति गर्न सहज हुने उनीहरुको भनाई छ ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया