संखुवासभा कारागारमा दुई कैदीबन्दीको ज्यान गयाे

 साउन २४, २०८० बुधबार १२:१:५६ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभा कारागारमा दुई जना कैदीबन्दीको ज्यान गएको छ ।

कैदीहरु आकाश बलामी र विनोद तोलाङगीको उपचारको क्रममा जिल्ला अस्पतालमा ज्यान गएकाे खाँदबारी कारागारका जेलर राजेन्द्र घिमिरेले बताउनुभयो । 

उहाँका अनुसार, गएराति १ बजेतिर मृतक दुई जना तोलाङगी र बलामीले शौचालयको झ्याल तोडेर कारागारबाट भाग्ने प्रयास गरेको अवस्थामा सुरक्षामा रहेको प्रहरीले देखेपछि नियन्त्रणमा लिएर कारागारभित्र पठाएको त्यसपछि भित्र रहेका कैदीहरूले कुटपिट गर्दा घाइते भएका थिए ।

उनीहरूको खाँदबारी जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया