सङ्खुवासभामा कैदी मृत्यु प्रकरण : आफन्तले अझै शव बुझेनन्

 साउन २८, २०८० आइतबार १८:२९:३९ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – जिल्ला कारागार सङ्खुवासभामा ज्यान गुमाएका दुई जना कैदीका आफन्तले घटनाकाे पाँच दिन बितिसक्दा पनि शव बुझेका छैनन् ।

मृतकका आफन्तले दोषीलाई सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान लिएका कारण मृतकको शव जिल्ला अस्पतालको शव गृहमा नै रहेको छ । शवको पोस्टमार्टम हिजो (शनिवार) भइसकेको छ ।

गएकाे शुक्रवारकाे बैठकमा शनिवार शवको पोस्टमार्टम गर्ने र जाहेरी दर्ता गरी दोषीलाई सार्वजनिक गर्ने भद्र सहमति भएको थियो । तर प्रहरी प्रशासनले त्याे सहमति तोडेको भन्दै मृतकका आफन्तले शव नबुझेका हुन् ।

प्रहरी प्रशासनले शनिवार कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र सुरक्षाकर्मीका इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध मृतक विनोद तोलाङ्गीका दाजु मादी–५ प्रकाशले जिल्ला प्रहरी कार्यालय सङ्खुवासभामा किटानी जाहेरी दर्ता गराएको भन्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे थिए । तर आफन्तले दोषीलाई सार्वजनिक गर्ने सहमति कार्यान्वयन नभएकाे भन्दै शव नबुझेका हुन् ।

गएको २४ गते बुधवार जिल्ला कारागार सङ्खुवासभामा कैद सजाय भुक्तान गरिरहेका सङ्खुवासभाको मादी नगरपालिका–५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको कुटपिटबाट ज्यान गएकाे थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया