मिस लिटल आइडल २०२३ को उपाधि बस्नेतलाई

 साउन २८, २०८० आइतबार १९:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मिस लिटल आइडल २०२३ को उपाधि क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरमा अध्ययनरत साेशिका बस्नेतले प्राप्त गरेकी छिन् ।

काठमाण्डाै प्याब्सन र एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा १७ वटा विद्यालयका ६८ जना प्रतिस्पर्धीलाई पछि पार्दै सोलुखुम्बुकी बस्नेतले उपाधि जितेकी हुन् । लिटल आइडल २०२३ विजेता बस्नेतले ताज, ३० हजार रुपैयाँ र एक वर्षको छात्रवृत्ति प्राप्त गरेकी प्याब्सन काठमाण्डाैकी उपाध्यक्ष तथा मिस लिटल आइडलकी आयोजक रिता राई दाहालले जानकारी दिनुभयो ।

कार्यक्रम हिजो शनिवार सांस्कृतिक संस्थान नाचघर जमलमा सम्पन्न भएको हो । मिस लिटल आइडल फस्ट रनरअपको उपाधि नेसनल ब्लुमिङ हाई स्कुल बूढानीलकण्ठमा कक्षा ६ मा अध्ययनरत प्राप्ति कुँवरले जितेकी छन् ।

प्रतियोगिताका लागि साउन ६ गते ७० जना बालिका छनोट गरी मिस मङ्गोल शिभिरा लामा र कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया