नेपथ्य टाेलीकाे जापान शृङ्खला : फुकुओकामा आजसम्मकै ठूलो नेपाली जमघट

 साउन २९, २०८० सोमबार १३:२९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

जापान पुगेकाे नेपथ्य टाेलीले शनिवार बेलुका फुकुओकामा कन्सर्ट गरेकाे थियाे । कन्सर्टमा झण्डै १ हजार २ सयभन्दा बढी दर्शककाे सहभागिता थियाे । 

कन्सर्ट आयाेजक टाेलीका प्रकाश थापाले कार्यक्रममा १ हजार २ सय जनाभन्दा बढी दर्शककाे सहभागिता रहेकाे बताउँदै याे अहिलेसम्मकै ठूलाे नेपाली जमघट भएकाे दाबी गर्नुभयाे । 

‘फुकुओकामा नेपथ्य कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ,’ थापा भन्नुहुन्छ ‘यो कन्सर्ट हेर्नका लागि हिरोसिमा र नागोयादेखिका दर्शक फुकुओका आइपुगेका थिए ।’

कन्सर्टमा ‘सा कर्णाली’, ‘मै मरि जाउँला’, ‘कोशीको पानी यो जिन्दगानी’, ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे’ हुँदै ‘शिरफूल’ ‘रेशम’ र ‘तालको पानी’, ‘रातो र चन्द्रसूर्ये’ लगायत गीतकाे प्रस्तुति दिइएकाे थियाे।

पछिल्लाे समय जापानी नागरिकहरु समेत यस्ता कन्सर्टमा सहभागी हुन थालेका छन् । जापानमा श्रृङ्खलाबद्ध कन्सर्ट गरिरहेको नेपथ्यका बारेमा नेपालमा रहेकाे जापानी दूतावासले समेत सामाजिक सञ्जालमा पाेस्ट राखेकाे छ ।

कन्सर्टमा सधैँझैँ अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । फुकुओकाको कन्सर्ट सम्पन्न भएपछि १४ सदस्यीय नेपथ्य टोली आइतवार हिजाे दिउँसो ओसाकातर्फ लागेकाे छ । ब्याण्डले अगस्ट १७ तारिख बिहीवारका दिन ओसाकामा रहेकाे ‘नाम्बा ह्याच’मा कन्सर्ट गर्नेछ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया