यसपटक लोडसेडिङ हुन्न, तिहारलाई झिलिमिली बनाउनुहोस् : घिसिङ

 कात्तिक १४, २०७५ बुधबार १४:४१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – यो वर्षको तिहारमा लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले भन्नुभयो, ‘ यो तिहारमा लोडसेडिङ हुन्न, गएको वर्षको भन्दा राम्रो अवस्थामा छौँ, सबै व्यवस्थापन मिलायौँ, सप्लाई र उपकरण को समस्या छैन ।’ 

यो वर्षको तिहारमा अधिकतम माग १२७० मेगावाट पुग्न सक्ने बताउँदै १३५० मेगावाट आए पनि धान्न सक्ने घिसिङले जानकारी दिनुभयो ।  

यो पटक कुलेखानीको भण्डारण पनि बढेको बताउँदै उहाँले भन्नुभयो, ‘कुलेखानी यसपालि १५२६ मिटरभन्दा माथि छ । यो अहिलेसम्मकै धेरै हो ।’

कार्यकारी अधिकृत घिसिङले यो पटकको तिहारलाई झिलिमिली बनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया