'मेरो भ्वाइस युनिभर्स' को उपाधि प्रितम राई र 'मेराे डान्स युनिभर्स' काे पुरस्कार खुशी कार्कीलाई

 भदौ ३, २०८० आइतबार ८:१२:१९ | रासस
unn.prixa.net

तस्बिर : रासस

ललितपुर - नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि भारतका प्रितम राईले र ‘मेरो डान्स युनिभर्स’ को उपाधि थाइल्यान्डकी खुशी कार्कीले जितेका छन् । 

इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड रुपैयाँ पुरस्कार पाएका छन् । यस्तै, फस्ट रनरअपले ३० लाख, सेकेन्ड रनरअपले  २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाख रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् । हिजाे ललितपुरकाे गाेदावरीमा भएकाे प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा अन्तिम पाँच–पाँच प्रतियोगीबाट उनीहरू छानिएका हुन् । उनीहरू दर्शक तथा स्रोताको भाेटबाट छानिएका हुन् ।

मेराे भ्वाइस युनिभर्सकाे फस्ट रनरअप भारतका शिशिर ठटाल, सेकेन्ड रनरअप नेपालका शरद हुमागाईँ, थर्ड रनरअप नेपालकै परेश राई र फोर्थ रनरअप भारतका साइराज खाती भएका छन् । यस्तै, ‘मेरो डान्स युनिभर्स’ को फस्ट रनरअप बेल्जियमकी देवी गर्बुजा, सेकेन्ड रनरअप भारतकी मिग्मा डि लेप्चा, थर्ड रनरअप नेपालका स्वस्तिक अर्याल र फोर्थ रनरअप नेसन नेपालकै सुस्लिङ मगर भएका छन्। 

‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’ मा समूह नृत्यतर्फ भने नेपाल प्रहरी विजयी भएकाे छ । याे समूहले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । फस्ट रनअर अप धरानकाे नितृ कला प्रतिष्ठानले दश लाख रुपैयाँ र सेकेन्ड रनरअप भारती कल्चर ग्रुपले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । सबै विजेतारुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पुरस्कार प्रदान गर्नु भएकाे हाे । 

‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता बर्मा निर्णायकका रुपमा थिए भने ‘मेरो डान्स युनिभर्स’मा अभिनेत्री मिथिला शर्मा, शङ्कर बिसी, दिलीप रायमाझी, प्रियङ्का कार्की, केकी अधिकारी र नरमान राई निर्णायक रहेका थिए । 

यी प्रतियोगिताका लागि याे फाउन्डेसनले गएकाे वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा छानेको थियो । ती देशबाट गायनमा एक सय २० र नृत्यमा एक सय २० जना कलाकार छानी उनीहरूलाई तीन महिनाअघि नेपाल ल्याएर प्रतिस्पर्धा गराइएको हाे ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया