लागुऔषधसहित पाँच युवा पक्राउ

 कात्तिक १४, २०७५ बुधबार १६:१६:४२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी –  जिल्ला प्रहरी कार्यालय गुल्मीले लागुऔषधसहित पाँचजना युवाहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी लागुऔषधसहित पाँचजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–८, का २६ वर्षीया बिजय लिम्बू, गुल्मीको रेसुंङा नगरपालिका २ का १९ वर्षीया नवीन विश्वकर्मा, सोही ठाउँका १८ वर्षीया विवेक गुरुङ, मुसिकोट नगरपालिका ८ का १९ वर्षीय बिपिन ठकुरी र मुसिकोट नगरपालिका ३ का १८ वर्षीया विशाल रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिनु भएको छ ।

मंगलबार राति ९ बजे रेसुङ्गा नगरपालिका २ बस्ने पूर्णबहादुर थकालीको घरमा लागुऔषध सेवन गरी हो–हल्ला गरेको भन्ने सुराकीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ८० ग्राम हरियो गाँजा, चरेस जस्तो देखिने २० ग्राम धुलो पदार्थ, पाइलट चुरोट १० खिल्ली, चार थान ग्यास लाइटर र गाँजा सेवन गर्न प्रयोग गरिने चिलिम फिट गरिएको बोतल प्रहरीले बरामद गरेको थियो ।

उनीहरुलाई बुधवार नै जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया