अरुण नदीकाे तटीय क्षेत्रमा रहेका १७ वटा घर जाेखिममा

 भदौ ८, २०८० शुक्रबार २०:३२:४४ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको भोटखोला गाउँपालिकामा अरुण नदीको तटीय क्षेत्रमा रहेका १७ वटा घर जोखिममा परेका छन् ।

लगातारको वर्षाले भोटखोला गाउँपालिका–५ कपासेमा रहेको १७ वटा घर र बाल केन्द्र विद्यालय जोखिममा परेको हो । बाढीले माटो कटान गर्न थालेपछि अरुण नदीको तटीय क्षेत्रमा रहेका ती घरहरू बाढीको जोखिममा परेको स्थानीय सञ्जय खालिङ राईले बताउनुभयो । नदीले कटान गर्न थालेपछि स्थानीय उत्तरबहादुर राईको घरका सामान सुरक्षित ठाउँमा सारिएकाे छ ।

भोटखोला गाउँपालिका–४ गोलाबजारदेखि पारिपट्टि रहेको भोटखोला–५ कपासे गाउँ बाढीको जोखिममा परेको हो । भोटखोलाको ४ र ५ नम्बर वडा अरुण नदीले छुट्टाएको छ । बाढीले माटो कटान गर्दा वारपार गर्ने झोलुङ्गे पुलसमेत जोखिममा परेको छ । भोटखोला–५ को तुङखालिङ, कपासे हुँदै गोलाबजार निस्कने मुख्य बाटो त्यही झोलुङ्गे पुल हो ।

गोला प्रहरी चौकीबाट प्रहरी टोली गई जाेखिममा रहेका स्थानीयलाई सुरक्षित ठाउँमा रहन आग्रह गरेको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले बताउनुभयो । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले दुई दिनदेखि परेकाे पानीले भोटखोला–५ को कपासे, वारिपट्टि गोलाबजारका स्थानीय र भोटखोला गाउँपालिकाको जोखिमयुक्त ठाउँहरूमा यात्रा नगर्न र सचेत रहन आग्रह गरिएको बताउनुभयो ।

निरन्तर वर्षा भइरहेको हुँदा अरुण नदीको तटीय क्षेत्रहरूमा पानीको सतह बढ्दा खतरा हुने भएकाले सतर्क रहन भोटखोला गाउँपालिकाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया