विदेश जान डिएनए परीक्षण गराउने बढे

 जेठ २६, २०७५ शनिबार १२:१७:९ | रासस
unn.prixa.net

काठमाडौं – विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डिएनए परीक्षण गराउने क्रम बढ्दै छ । 

जापान, हङ्कङ, संयुक्त अधिराज्य लगायत देशमा बस्ने नेपालीका छोराछोरीले त्यही देशमा जान डिएनए परिक्षण गरेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ । 

कतिपय देशले आमाबाबु र सन्तानको नाता खुल्ने अरु कागजले नमानेर डिएनए परीक्षणकै प्रतिवेदन माग्ने गरेको प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले बताउनुभयो । 

कन्सुलर सेवा विभाग, वैदेशिक रोजगारीको परामर्श केन्द्रका चिठीलगायत आधिकारिक प्रमाणका आधारमा मात्रै डिएनए परीक्षण गर्ने प्रयोगशालाले जनाएको छ । 

कतिपय आफ्ना सन्तानसँग शंका लागेकै भरमा डिएनए परीक्षण गर्न आइपुग्छन्, उनीहरुले पनि विदेश जानका लागि चाहिएको छ भन्दै झुट बोल्ने गरेको निर्देशक रिजालले बताउनुभयो । 

व्यक्तिगत रुपमा आएकाहरुको डिएनए परीक्षण भने नगर्ने पनि उहाँले बताउनुभयो । यसअघि मानव डिएनए मात्रै परीक्षण हुँदै आएकामा प्रयोगशालाले गएको वर्षदेखि वन्यजन्तुको समेत परीक्षण गर्न शुरु गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया