तेह्रथुमका २४ वडामा सचिव छैनन्, दैनिक सेवा प्रवाहमै समस्या

 कात्तिक १५, २०७५ बिहिबार १०:४१:१ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुमका २ नगरपालिका र ४ गाउँपालिकाका ४३ वडामध्ये २४ वटा वडा सचिवविहीन छन् । सचिव नहुँदा वडा कार्यालयको दैनिक कार्यसम्पादनमा समस्या हुँदै आएको छ । सेवाग्राहीले कार्यालयका सेवा लिनुपर्दा समस्या बेहोर्दै आएका छन् । जिल्लामा १९ जनामात्रै सचिवहरु रहेका छन् । 

७ वटा वडा रहेको सिंगो आठराई गाउँपालिकामा दुई जनामात्रै सचिव छन् । ५  वटा वडा रहेको फेदाप गाउँपालिकामा ३ जना सचिव छन् । म्याङलुङ नगरपालिकाका १० वडामध्ये ५ जना सचिवमात्रै कार्यरत छन् । मेन्छ्यायेम गाउँपालिका र लालीगुराँस नगरपालिकामा दुई–दुई जनामात्रै सचिव छन् । 

मेन्छ्यायेममा ६ वटा लालीगुराँसमा ९ वटा वडा रहेका छन् । छथर गाउँपालिकाका ६ वटा वडामध्ये पाँच  वडामा सचिव कार्यरत रहेका छन् । पर्याप्त कर्मचारी नहुँदा गाउँपालिका र नगरपालिकाहरुले एउटै सचिवलाई ४ वटासम्म वडा कार्यालयको कामको जिम्मेवारी दिएका छन् । आठराई गाउँपालिकाका चित्रकुमार भट्टराइले गाउँपालिकाका १, ३, ५ र ७ नम्बर वडा कार्यालयको काम गर्दै आएको बताउनुभयो । 

आफूले गाउँपालिकाका केही शाखाको कामसमेत गर्दै आएको उहाँको भनाई छ । कर्मचारी नहुँदा दैनिक सेवा प्रवाहमा समस्या हुन थालेको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहलाई कर्मचारी अभावको समस्याले सताएको छ । 

सचिव व्यवस्थापनका लागि पटक–पटक प्रदेश तथा संघीय सरकारसँग समन्वय गर्दा समेत समाधान नभएपछि अहिले भएका सचिवहरूबाट काम चलाइएको म्याङलुङ नगरपालिकाका प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो । 

कर्मचारी अभावको समस्या सबै कार्यालयमा रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंको भनाई छ । उहाँले कर्मचारीको दरबन्दी अनुसार व्यवस्था गर्न पटक–पटक माग गरिए पनि सुनुवाई नभएको गुनासो गर्नुभयो । 


 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया