झण्डै तीन महिनापछि ताप्लेजुङ-काठमाण्डौ उडान शुरु

 भदौ १८, २०८० सोमबार ९:४४:३८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - बन्द भएको झण्डै तीन महिनापछि ताप्लेजुङ-काठमाण्डौ उडान शुरु भएको छ । नेपाल एअरलाइन्सले झण्डै तीन महिनापछि काठमाण्डौ-सुकेटार उडान शुरु गरेको हो । खराब मौसमलगायतका कारण गएको जेठ २४ गतेदेखि काठमाण्डौ-सुकेटार उडान बन्द भएको थियो ।

मौसममा सुधार आएसँगै आजदेखि नियमित उडान शुरु भएको नेपाल एअरलाइन्स ताप्लेजुङका प्रमुख सचिन तिवारीले बताउनुभयो । बिहान काठमाण्डौबाट ६ जना यात्रु ताप्लेजुङ पुगेका छन् । ताप्लेजुङबाट भने १ जना यात्रु काठमाण्डौ आएका उहाँले बताउनुभयो ।  

नेपाल एअरलाइन्सले हप्ताको तीन दिन सोमवार, बिहीवार र शनिवार नियमित उडान गर्ने प्रमुख तिवारीले बताउनुभयो । झण्डै १८ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायजसाे हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ । यसैबीच, काठमाण्डौ र ताप्लेजुङको हवाई भाडा घटेको छ । यसअघि ९ हजार ६ सय ५३ रुपैयाँ रहेकोमा अहिले ८ हजार ६ सय रुपैयाँमा झारिएको छ ।   

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया