दक्षिण अफ्रिकासँगकाे पहिलाे एक दिवसीयमा अष्ट्रेलिया १५२ रनमा अल अाउट

 कात्तिक १८, २०७५ आइतबार १३:३६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलिया र दक्षिण अफिकाबीच अष्ट्रेलियाको पर्थमा भइरहेको पहिलो एक दिवसीय खेलमा घरेलु टोली १५२ रनमा अल आउट भएको छ ।

अष्ट्रेलिया निर्धारित ५० ओभरमध्ये ३८‍.१ ओभरमै अल आउट भएको हो ।

अष्ट्रेलियाका लागि नेथन कुल्टरनाइलले सर्वाधिक ३४ तथा एलेक्स क्यारेले ३३ रनको योगदान दिए । बलिङतर्फ एण्डिले फेलुक्वायोले ३ तथा डेल स्टेन, लुंगी एंगिडी र इमरान ताहिरले समान २–२ विकेट लिए ।

१५३ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा दक्षिण अफिकाले जवाफी ब्याटिङ थालिसकेको छ ।

लञ्च टाइमसम्ममा दक्षिण अफिकाले ५ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई २८ रन बनाएर खेलिरहेको थियाे ।

दक्षिण अफिकाका सुरुवाती ब्याट्स्म्यानहरु क्विण्टन डी ककले १४ बलमा १९ र रीजा हेण्ड्रिक्सले १६ बलमा ३ रन जोडेका थिए । 
लञ्च टाइमपछिको खेल भर्खरै सुरु भएको छ ।

यतिबेला क्विण्टन डी ककले २३ बलमा ३१ र रीजा हेण्ड्रिक्सले २५ बलमा १८ रन जोडेर खेलिरहेका छन् भने ८ अाेभरकाे समाप्तिमा दक्षिण अफ्रिकाले कुनै विकेट नगुमाई ५५ रन बनाएकाे छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया