काठमाण्डाै विश्वकै प्रदूषित शहर बन्याे
बैशाख १४, २०८१ शुक्रबार
इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा श्रीलंकाले खराब प्रदर्शन गरेको छ ।
पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड ३४२ रनमा अल आउट भएपछि पहिलो पारी सुरु गरेको श्रीलंका २०३ रनमै समेटिएको थियो ।
पहिलो पारीमा १३९ रनको अग्रता बनाएको इंग्ल्याण्डले आजै दोस्रो पारी सुरु गरेको थियो । दोस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले ३८ रन बनाउँदा कुनै पनि विकेट गुमाएको छैन् । अहिलेसम्म इंग्ल्याण्डले १७७ रनको अग्रता लिएको छ ।
श्रीलंकालाई पहिलो पारीमा अलआउट गर्ने क्रममा इंग्ल्याण्डका मोहिन अलीले महत्वपूर्ण ४ विकेट लिएका थिए । यसैगरी ज्याक लिच र अदिल रसिदले दुई–दुई विकेट लिएका थिए ।
सुरुदेखि नै दबाबमा आएको घरेलु टोली श्रीलंकाका लागि एंगेलो म्याथ्यूज र दिनेश चण्डिमलका बीचमा सर्वाधिक ७५ रनको साझेदारी भएको थियो । म्याथ्यूजले सर्वाधिक ५२ रन जोड्दा चण्डिमलले दोस्रो सर्वाधिक रन ३३ बनाएका थिए ।