नोभेम्बरमा १ लाख ८ हजार पर्यटक नेपाल भित्रिए

 मंसिर १५, २०८० शुक्रबार १४:१७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा गएको नोभेम्बर महिनामा एक लाखभन्दा धेरै पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नोभेम्बरमा एक लाख आठ हजार ६ सय ३० जना पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका हुन् ।

अघिल्लो वर्ष अर्थात् सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल आएका थिए । यस्तै, कोरोना महामारी शुरु हुनुअघिको वर्ष सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार तीन सय २ जना पर्यटक नेपाल आएका थिए ।

सन् २०१९ को तुलनामा पर्यटक आगमन ८३ दशमलव ३६ प्रतिशतले पुनरुत्थान भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । यस वर्षको नोभेम्बरमा सबैभन्दा धेरै पर्यटक भारतबाट २४ हजार ४ सय ४३ जना आएका छन् ।

यस्तै, अमेरिकाबाट ११ हजार ४ सय ६१ जना र चीनबाट सात हजार ६०१ पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया