अर्थतन्त्रका सबैजसो सूचकमा सुधार भएको अर्थमन्त्री डा. महतको दाबी

 मंसिर २८, २०८० बिहिबार १३:४१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका सबैजसो सूचकमा सुधार हुँदै गएको बताउनुभएको छ । आज ललितपुरमा भएको औद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समस्यामा रहेको नेपालको अर्थतन्त्रलाई समस्यामुक्त गर्न सरकार लागिपरेको बताउनुभयो ।

सूचकहरु सुधारउन्मुख नै रहे पनि उत्पादकत्व बढाउनु चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । अर्थमन्त्री महतले नयाँ प्रविधिअनुसार श्रमिकको सीप विकास भए मात्रै उद्योग व्यवसायबाट उत्पादन क्षमता बढ्ने र यसले सबैपक्षमा फाइदा पुग्ने बताउनुभयो । उहाँले श्रमिकको सीप विकास र क्षमता वृद्धि भएमात्रै प्रतिव्यक्ति आयमा समेत वृद्धि हुने उल्लेख गर्नुभयो । उहाँले नेपालमा राम्रो नाफा गर्ने कम्पनीले श्रमिकलाई दिने सेवा सुविधामा कन्जुस्याइँ गर्ने अवस्था विद्यमान रहेको बताउनुभयो ।

अब बिस्तारै उद्योग व्यवसाय पनि सबल बन्दै जाने र श्रमिककको माग पनि वृद्धि हुने अवस्थामा श्रम गरी खाने वर्ग विस्थापित हुने अवस्थाको अन्त्य हुने अर्थमन्त्री महतको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया