शेयर बजार साढे ६ अङ्कले बढ्याे, ३ अर्ब १५ कराेड रुपैयाँकाे काराेबार

 मंसिर २८, २०८० बिहिबार १५:२६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बिहीवार पनि बढेकाे छ । हिजाे बुधवार सामान्य बढेकाे शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ५५ अङ्कले बढेर एक हजार नाै सय ९४ दशमलव ६० विन्दुमा पुगेकाे छ । 

आज बैंकिङ, लगानी, जीवन बीमा, माइक्राेफाइनान्स र व्यापार बाहेक अरू समूहकाे शेयर बढेकाेमा निर्जीवन बीमा, विकास बैंक, उत्पादन तथा प्रशाेधन र हाइड्राेपावर समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ । 

आज बाेटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्राे डेभलपर्स, नेपाल रिपब्लिक मिडियाकाे शेयर १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन गुराँस लघुवित्तकाे शेयर झन्डै पाँच प्रतिशतले घटेकाे छ ।

आज ९६ लाख ३७ हजार कित्ता शेयर तीन अर्ब १५ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै साेनापुर मिनरल्स एन्ड आयल कम्पनीकाे १६ कराेड रुपैयाँकाे शेयर किनबेच भयाे ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया